निर्देशकीय डेव्युमा नै आफ्नो गतिलो छाप छाड्न सफल निर्देशक हुन्, निश्चल बस्नेत। संकटमोचक निर्देशकको रुपमा चिनिएका निर्देशक बस्नेतका करियरमा निर्देशकीय आँकडा धेरै रहेको छैन। अन्तत: निश्चलले ६ बर्षपछी निर्देशनमा फर्किएका छन्। उनको निर्देशनमा बनेको चलचित्र ‘दिमाग खराब’ को सुटिङ्ग सकिएको छ ।

जापान को बिभीन्न सहरमा चलचित्र लाई UNA ENTERTAINMENT ले प्रदर्शन गर्ने भएको छ।

४० दिनको सेड्युल लिएर सुटिङ्गमा हिडेको चलचित्रले ३६ दिनमा काठमाडौंको पिंगलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा अन्तिम सिन खिच्दै सुटिङ्ग सम्पन्न भएको हो। काभ्रे र काठमान्डौमा चलचित्रको सुटिङ्ग गरिएको हो। राजनैतिक परिवेशमा निर्माण भएको चलचित्रले जनता र पावरको कथा भन्छ। कार्तिक २४ गते रिलिज तयारीमा रहेको चलचित्रमा दयाहाङ राई, अर्पण थापा, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, विजय वराल लगायतका कलाकारको अभिनय रहेको छ । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कँडेल निर्माता र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन्।

16 Responses

Leave a Reply

Your email address will not be published. Required fields are marked *